तरुण संवाददाता
१७ असार २०८२, मंगलवार ११:२०
काठमाडौँ । म्यान्चेस्टर सिटी फिफा क्लब विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार बिहान भएको खेलमा साउदीको क्लब अल हिलालसँग ४–३ गोल अन्तरले पराजित हुँदै सिटी विश्वकपबाटै बाहिरिएको हो ।
खेलको नवौं मिनेटमा ब्रनान्डो शिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ४६औँ मिनेटमा अल हिलालका लागि मार्कोस लेनार्डोले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । ५२औँ मिनेटमा मेल्कमले गोल गर्दै अल हिलाललाई २–१ गोलको अग्रता दिलाए । ५५औँ मिनेटमा अर्लिङ हालान्डले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याए ।
खेलको ९४औँ मिनेटमा कालिडोले गोल गर्दै पुनः अल हिलालाई ३–२ गोलको अग्रता दिलाए । खेकलो १०४औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–३ गोलको बराबरीमा ल्याए । खेलको ११२औँ मिनेटमा मार्कोसले गोल गर्दै अल हिलाललाई ४–३ गोलको जित दिलाए ।


