कांग्रेस प्रवक्ता महतले भने– चीनको सुजिङ हिमताल फुटेर बाढी आयो

कांग्रेस प्रवक्ता महतले भने– चीनको सुजिङ हिमताल फुटेर बाढी आयो तरुण संवाददाता २४ असार २०८२, मंगलवार १५:१८
कांग्रेस प्रवक्ता महतले भने– चीनको सुजिङ हिमताल फुटेर बाढी आयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले चीनको सुजिङ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस प्रवक्तासमेत रहेका महतले बाढीले भएको क्षतिबारे धारणा राख्दै यस्तो जानकारी गराएका हुन् ।

‘चीनको सल्लीभन्दा माथि सुजिङ ताल फुटेर बाढी आएको भन्ने कुरा चिनियाँतर्फको प्रारम्भिक जानकारी रसुवाको सिडिओले प्राप्त गरेका छन्,’ उनले भने, ‘यो वर्षाको कारण नभई ताल फुटेर यो घटना भएको भन्ने आएको छ । धेरै ठुलो धनजनको क्षति भएको छ ।’

महतले भोटेकोशीको बाढीलाई सरकारले ‘वार्निङ साइन’ का रूपमा लिनुपर्ने पनि बताए । चीनको तिब्बत क्षेत्रमा पछिल्लो १२ घन्टासम्म भीषण वर्षा भएको थिएन । तर एक्कासि आएको बाढीले रसुवा क्षेत्रमा धेरै ठूलो जनधनको क्षति गरेको छ । नेपालको जल तथा मौसम विभाग बाढी पूर्वानुमान महाशाखाले पनि चीनमा हिमताल फुटेको हुने अनुमान गरेको छ ।