मेगा बैंकले सुरु ग-यो ऋण अटोमेसन प्रणाली

मेगा बैंकले सुरु ग-यो ऋण अटोमेसन प्रणाली तरुण खबर २८ जेष्ठ २०७८, शुक्रबार ११:४०
मेगा बैंकले सुरु ग-यो ऋण अटोमेसन प्रणाली

काठमाडौं । मेगा बैंक लिमिटेडले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसबाट अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज हुने छ । बैंकले एसबी सोलुसनसँग मिलेर यो गरेको हो । बैकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु-याउनेछ ।

यो प्रणालीले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत पुग्दछ । प्रणालीले जमानत र गैर जमानतमा आधारित ऋण पनि प्रोसेस गर्ने विज्ञप्तिमा बताइएको छ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यसबाट समयको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।