तरुण खबर
२८ जेष्ठ २०७८, शुक्रबार ११:५२
काठमाडौं । संसारमा कतिसम्म तौल भएका मान्छेहरुलाई मोटो भएको मानिन्छ ? यसको सही उत्तर अझै आउन सकेको छैन । इन्डोनेसियाका आर्य परमाना कम उमेरमा विश्वमै बढी तौल भएका बालक हुन् । उनको तौल १९२ किलो छ । १० वर्षीय परमानाको जन्मिदा भने तीन किलो २०० ग्राम तौल थियो । उनलाई हिँडडुल गर्न मुस्किल पर्छ । हिँड्न नसकेकै कारण स्कुल जान छाडेका उनलाई के रोग लाग्यो भनी पत्ता लागेको छैन । बेलायतका ४२ वर्षका केइथ मार्टिन संसारकै सबैभन्दा बढी तौल भएका मान्छे हुन् ।
उनको तौल ३ सय ६८ किलोका छन् । यस्तै उत्तर कोरियाका शासक किम जोङ्ग उनको तौल १४० केजी रहेको बुझिएको छ । यस कारण उनलाई आफ्नोतौल बढेकोमा चिन्ता परेका छ । तौल घटाउन किम जोङ्ग उनले प्राय हरेक दिन एक्सरसाइज गर्ने गरेका छन् । किमको परिवारमा हृदय (मुटु) रोगको इतिहास छ । उत्तर कोरियाका शासक किम जोङ्ग उनको तौल शासनमा आउनुअघि ९० केजी मात्र थियो । उनी २०११ मा क्रुर शासकका रुपमा आएका हुन् ।
अघिल्लो वर्ष उनी २० दिनसम्म देखा परेनन्, उनीमाथि धेरैले शंका गरेका थिए– किमको मुटुको अप्रेसन गरिएकाले आफ्ना हजुर बा किम इल सुङ्गको जन्म दिनमा समेत उपस्थित हुन सकेनन् । उनी त्यसबेला करीब एक महिना पहिलो पटक सार्वजनिक रुपमा देखा परेका थिए । दक्षिण कोरियाका रक्षा मन्त्री सुह वूकले त्यतिबेला भनेका थिए– किम जोङ उन विश्वलाई टेन्सन दिन अर्थात क्ष्ेत्रिय तनाव दिन सैन्य गतिविधिमा लागेका छन् ।


