तरुण खबर
२७ असार २०८२, शुक्रबार १३:०८
काठमाडाैं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको माथिल्लो सीमा र तल्लो सीमा दुवैमा कटौती गरेको छ। गभर्नर विश्व पौडेलले आज सार्वजनिक गरेकाे नीतिअनुसार, बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित राखिएको छ।
यसैगरी, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई पनि ३.० प्रतिशतबाट घटाएर २.४५ प्रतिशत निर्धारण गरिएको जानकारी गभर्नर पौडेलले दिए।
राष्ट्र बैंकको यो कदमले बजारमा तरलता व्यवस्थापनमा थप सहजता ल्याउने र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। ब्याजदरमा भएको यो कटौतीले कर्जा प्रवाहलाई प्रोत्साहन गर्न सक्ने र यसले लगानी तथा आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ।


