तरुण खबर
२८ असार २०८२, शनिबार १५:५४
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत (समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक सक्रियतालाई वामपन्थी एकताको दृष्टिकोणले सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।
शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीको राजनीतिक पुन:प्रवेश सम्भावनालाई समयानुकूल र आवश्यक पहलका रूपमा उल्लेख गरे।
उनले भने, “यदी विद्याजीले एमालेको वर्तमान नेतृत्वमा देखिएको समस्यालाई सम्बोधन गर्दै वामपन्थी शक्तिहरूलाई एकजुट बनाउने दृष्टिकोणबाट राजनीतिमा फर्किने हो भने, त्यो सकारात्मक पहल मान्नुपर्छ। त्यो एमाले नेतृत्वमा आउनुहोस् भन्नेसम्म हो भने पनि स्वागतयोग्य छ।”


