राजेन्द्र लिङ्देनको बिरुद्दमा राप्रपाका धवलशम्सेर राणाको नेतृत्वमा अलग्गै बैठक

राजेन्द्र लिङ्देनको बिरुद्दमा राप्रपाका धवलशम्सेर राणाको नेतृत्वमा अलग्गै बैठक तरुण खबर २८ असार २०८२, शनिबार १६:१८
राजेन्द्र लिङ्देनको बिरुद्दमा राप्रपाका धवलशम्सेर राणाको नेतृत्वमा अलग्गै बैठक

राजेन्द्र लिङ्देनले मनखुसी ढंगले कारबाही गर्न थालेको भन्दै राप्रपाका धवलशम्सेर राणाको नेतृत्वमा अलग्गै बैठक बसेको छ । भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, लिङ्देनले हटाएका भनिएका प्रवक्ता सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत ५० जनाको सहभागिता रहेको छ ।