नबिल बैंक स्थापना ४२औँ वर्षमा प्रवेश! ल्यायो विभिन्न अफर

नबिल बैंक स्थापना ४२औँ वर्षमा प्रवेश! ल्यायो विभिन्न अफर तरुण खबर २९ असार २०८२, आईतवार ०१:३५
नबिल बैंक स्थापना ४२औँ वर्षमा प्रवेश! ल्यायो विभिन्न अफर

नेपालको अग्रणी नबिल बैंक स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भई सूचकांक र प्रविधिमा अब्बल बैंकले वार्षिकोत्सवकै अवसरमा ४१ दिनका लागि विभिन्न अफरको समेत घोषणा गरेको छ ।

यो अफर ग्राहकप्रति आभार प्रकट गर्न ल्याइएको बैंकले जनाएको छ । अफरअन्तर्गत २८ असारदेखि ५ भदौसम्म नयाँ बचत खाता खोल्ने सबै ग्राहकलाई पहिलो वर्षका लागि डेबिट कार्ड नि:शुल्क प्रदान गरिनेछ । यो अफर कुनै पनि बचत योजनाअन्तर्गत नयाँ खाता खोल्ने सबै ग्राहकका लागि लागू हुने बैंकको भनाइ छ ।

त्यस्तै बैंकले महिलालाई लक्षित त्र्यै ‘स्मार्ट नारी घरकर्जा’ योजना सार्वजनिक गरेको छ । महिलालाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उक्त योजना ल्याइएको बैंकले जनाएको छ । यस योजनाअनुसार महिला आवेदकले घर खरिद, घर निर्माण, मर्मत–सम्भार वा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आवास कर्जा सार्नका लागि सजिलो, सहज र आकर्षक सर्तमा कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । उनीहरूले न्यूनतम सात लाख रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा पाउनेछन् भने पहिलोपटक घर खरिद गर्ने महिलाका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा दिइनेछ ।