सभामुखले बोलाएको बैठकमा ओली समूहले कुनै प्रतिनिधि नपठाउने

सभामुखले बोलाएको बैठकमा ओली समूहले कुनै प्रतिनिधि नपठाउने तरुण खबर २८ जेष्ठ २०७८, शुक्रबार ११:५८
सभामुखले बोलाएको बैठकमा ओली समूहले कुनै प्रतिनिधि नपठाउने

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार नेपाली काँग्रेससहितका प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् । उनले बोलाएको बैठकमा नेकपा एमालेको ओली समूहले प्रतिनिधि पठाउँछ कि पठाउँदै त्यो भने हेर्न बाँकी छ ।

आज दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । ८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।