तरुण खबर
२९ असार २०८२, आईतवार ११:२०
काठमाडाैं, २९ असार । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ भने चाँदीले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला २२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ६५ रुपैयाँले बढेर २२ सय ८५ रुपैयाँ कायम भई नयाँ रेकर्ड बनाएको छ। सुनचाँदीको मूल्यमा आएको यो उछालले उपभोक्तामा थप भार पर्ने देखिएको छ।


