मौद्रिक नीतिले शेयर बजारमा उत्साह: नेप्से ६७ अंकले उकालो, २८०० को बिन्दु नजिक

मौद्रिक नीतिले शेयर बजारमा उत्साह: नेप्से ६७ अंकले उकालो, २८०० को बिन्दु नजिक तरुण खबर २९ असार २०८२, आईतवार ११:३२
मौद्रिक नीतिले शेयर बजारमा उत्साह: नेप्से ६७ अंकले उकालो, २८०० को बिन्दु नजिक

काठमाडाैं, २९ असार । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारमा उत्साह ल्याएको छ। नीति सार्वजनिक भएसँगै आइतबार शेयर बजार परिसूचक (नेप्से) मा उच्च वृद्धि देखिएको छ।

आज नेप्से परिसूचक ६७ अंकभन्दा बढीले बढेर २८०० को बिन्दु नजिक पुगेको छ। मौद्रिक नीतिले निजी आवासीय घर कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्याउने र व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याउने जस्ता व्यवस्था गरेपछि लगानीकर्ताहरूमा सकारात्मक मनोविज्ञान देखिएको हो। ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमामा गरिएको कटौतीले पनि बजारमा तरलता बढ्ने र कर्जा प्रवाह सहज हुने अपेक्षाले शेयर बजारलाई टेवा पुगेको विश्लेषण गरिएको छ।