प्रतिनिधि सभाको बैठक आज: सूचना प्रविधि, औद्योगिक सम्पत्ति र ऐन संशोधन विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक आज: सूचना प्रविधि, औद्योगिक सम्पत्ति र ऐन संशोधन विधेयकमाथि छलफल हुने तरुण खबर २९ असार २०८२, आईतवार ११:३८
प्रतिनिधि सभाको बैठक आज: सूचना प्रविधि, औद्योगिक सम्पत्ति र ऐन संशोधन विधेयकमाथि छलफल हुने

काठमाडाैं, २९ असार । संघीय संसद, प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत हुने र छलफल हुने कार्यसूची रहेको छ।

आजको बैठकको सम्भावित कार्यसूचीअनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुनेछ। यो विधेयकले देशको सूचना प्रविधि क्षेत्रलाई नियमन गर्न र साइबर सुरक्षालाई सुदृढ पार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति विधेयक, २०८२’ प्रस्तुत गर्नुहुनेछ। यो विधेयकले औद्योगिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा नयाँ कानुनी आधार प्रदान गर्नेछ, जसले देशमा लगानी र औद्योगिक विकासलाई प्रोत्साहन गर्न सक्नेछ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रिय सभाबाट प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ माथि राष्ट्रिय सभाले गरेका संशोधनहरूमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।