जेठ २९ गते बिहानसम्म संक्रमणबाट ३८ लाखको ज्यान गयो

जेठ २९ गते बिहानसम्म संक्रमणबाट ३८ लाखको ज्यान गयो तरुण खबर २९ जेष्ठ २०७८, शनिबार ११:२०
जेठ २९ गते बिहानसम्म संक्रमणबाट ३८ लाखको ज्यान गयो

११, जुनमा १६ हजार १४५ जना संक्रमित थपिए
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (११, जुन) मा १३ लाख ६७ हजार ९४१ जनाको नमुना परीक्षण गर्दा १६ हजार १४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १०, जुनमा १५ लाख ५५ हजार ३५० जनाको नमुना परीक्षण गर्दा १६ हजार ७६४ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टा (११, जुन) मा कोरोना संक्रमणबाट ४२१ जनाको मृत्यु भएको छ । १०, जुनमा कोरोनाको संक्रमणबाट ४८१ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा जेठ २९ गते शनिबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४३ लाख ६ हजार ४३९ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ८३ लाख ४६ हजार ३२४ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ २९ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५३ लाख ४५ हजार ३७७ जना छन् ।

नेपाली समय अनुसार जेठ २९ गते शनिबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४९ करोड ३२ लाख ४६ हजार २५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १६ करोड १७ लाख ९६ हजार ७४४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १६ करोड १७ लाख ९६ हजार ७४४ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ २९ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १४ हजार ७३८ जनाको मृत्यु भैसकेको छ । जेठ २९ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड ६० लाख ३१ हजार ६७६ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख २७७ जना छन् ।