शेयर बजारमा ऐतिहासिक उछाल: नेप्से ३१ अंकले बढ्दा कारोबार ११ अर्ब नाघ्यो

शेयर बजारमा ऐतिहासिक उछाल: नेप्से ३१ अंकले बढ्दा कारोबार ११ अर्ब नाघ्यो तरुण खबर २९ असार २०८२, आईतवार १५:१६
शेयर बजारमा ऐतिहासिक उछाल: नेप्से ३१ अंकले बढ्दा कारोबार ११ अर्ब नाघ्यो

काठमाडाैं, २९ असार । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिप्रति लगानीकर्ताहरू सकारात्मक देखिएपछि साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ।

आज शेयर बजार मापक नेप्से परिसूचक ३१.०८ अंकले बढेर २७६२.८८ विन्दुमा पुगेको छ। मौद्रिक नीतिले निजी आवासीय घर कर्जाको सीमा, सेयर धितो कर्जाको सीमा र ब्याजदर करिडोरमा गरेको समायोजनले लगानीकर्ताको मनोबल बढाएको विश्लेषण गरिएको छ।

नेप्से परिसूचकमा आएको वृद्धिसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। आज ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि गत बिहीबार ३१२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको थियो।