तरुण खबर
३० असार २०८२, सोमबार ११:३१
काठमाडाैं, ३० असार । नेपाली बजारमा सुनको मूल्य सोमबार पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु १,९३,३०० निर्धारण गरिएको छ। आइतबार यो मूल्य रु १,९२,९०० मा कायम गरिएको थियो।
त्यस्तैगरी, चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। आइतबार रु २,२८५ प्रतितोला रहेको चाँदीको मूल्य सोमबार रु २,३१५ प्रतितोला पुगेको छ।


