राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालक पदमा नियुक्त

राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालक पदमा नियुक्त तरुण खबर ३० असार २०८२, सोमबार १२:४९
राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालक पदमा नियुक्त

काठमाडाैं, ३० असार । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालकको रूपमा राम हरी कंडेललाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको असार २९ गते बसेको बैठकले सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने गरी कंडेललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

कंडेल चितवन जिल्लाको राप्ती नगरपालिका–२ निवासी हुन्। उनी अब आत्मनिर्भर लघुवित्तको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन्।

कम्पनीले उक्त निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मार्फत सार्वजनिक गरेको छ। कंडेलको नियुक्तिसँगै लघुवित्तको संस्थागत संरचना थप मजबुत हुने विश्वास लिइएको छ।

आत्मनिर्भर लघुवित्तले ग्रामीण तथा अर्ध–शहरी क्षेत्रका निम्न आय वर्गका जनतालाई लक्षित गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको छ। कंडेलको सहभागिताले संस्थाको सेवा प्रभावकारिता तथा संस्थागत सुशासनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।