मध्यपश्चिम विश्वविद्यालयलाई १ अर्ब ३६ करोडभन्दा बढीको बजेट स्वीकृत: प्रधानमन्त्री ओलीको अध्यक्षतामा १७ औं सिनेट बैठक सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयलाई १ अर्ब ३६ करोडभन्दा बढीको बजेट स्वीकृत: प्रधानमन्त्री ओलीको अध्यक्षतामा १७ औं सिनेट बैठक सम्पन्न तरुण खबर ३० असार २०८२, सोमबार १५:४३
मध्यपश्चिम विश्वविद्यालयलाई १ अर्ब ३६ करोडभन्दा बढीको बजेट स्वीकृत: प्रधानमन्त्री ओलीको अध्यक्षतामा १७ औं सिनेट बैठक सम्पन्न

काठमाडाैं, ३० असार । मध्यपश्चिम विश्वविद्यालयको १७ औं सिनेट बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ (२०२५-२६) का लागि १ अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँको बजेट अनुमोदन गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको हो।

विश्वविद्यालयको विकास र सञ्चालनका लागि महत्त्वपूर्ण मानिएको यस बजेटमा पुँजीगत खर्चका लागि ४६ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ, जसले भौतिक पूर्वाधार विकास र नयाँ परियोजनाहरूमा लगानी गर्ने बाटो खुल्नेछ। त्यस्तै, सञ्चालन खर्चका लागि ९० करोड ५२ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसबाट विश्वविद्यालयको दैनिक प्रशासनिक र शैक्षिक गतिविधिहरू सञ्चालन गरिनेछ।