तरुण खबर
३१ असार २०८२, मंगलवार ०२:१८
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०–८१ सम्मको संचित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड ९८ लाख रुपैयाँको बोनस शेयर ५.१० प्रतिशतले हुन आउने १७ करोड ३३ लाख बराबरको बोनश शेयर र बोनश शेयर तथा नगद लाभांशवापत कर प्रयोजनका लागि ०.२६८४ प्रतिशतले हुन आउने ९१ लख २५ हजार नगद लाभांश पारित गरेको छ ।


