सफ्टवारिका कलेजमा ‘टेक एक्स एलिभेट २०२५’ भोली बाट आइटी उद्योगलाई महत्वपूर्ण प्लेटफर्म

सफ्टवारिका कलेजमा ‘टेक एक्स एलिभेट २०२५’ भोली बाट आइटी उद्योगलाई महत्वपूर्ण प्लेटफर्म तरुण खबर ३१ असार २०८२, मंगलवार १४:०४
सफ्टवारिका कलेजमा ‘टेक एक्स एलिभेट २०२५’ भोली बाट आइटी उद्योगलाई महत्वपूर्ण प्लेटफर्म

भोली बाट शुरु हुने प्रतिष्ठित ‘टेक एक्स स् एलिभेट २०२५’ प्रविधि उत्सवको तेस्रो संस्करण सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सको परिसरमा आयोजना हुँदैछ।

असार ३२ गतेबाट सुरु भई ४ दिनसम्म चल्ने यो कार्यक्रम प्रविधिप्रेमी विद्यार्थी, स्टार्टअप र आईटी उद्योगका लागि एक महत्त्वपूर्ण प्लेटफर्म बन्नेछ।

यस वर्षको ‘टेक एक्स स् एलिभेट २०२५’ मा २० भन्दा बढी रोबोटिक्स र एआई–आधारित प्रोजेक्टहरू प्रदर्शन गरिनेछन्। कलेजका वर्तमान र पूर्व विद्यार्थीहरूद्वारा विकसित गरिएका यी परियोजनाहरूले नवीनतम प्रविधि र सिर्जनात्मकताको झलक प्रस्तुत गर्नेछन्।

साथै, २० भन्दा बढी स्टार्टअपहरूले आफ्ना नवीन विचार, उत्पादन र व्यावसायिक मोडेलहरू प्रस्तुत गर्ने अवसर पाउनेछन्, जसले उद्यमशीलतालाई प्रोत्साहन गर्नेछ।