बुधबार नेप्सेमा दोहोरो अंकको छलाङ: ३६ अंकले बढ्दा कारोबार १४ अर्ब नाघ्यो, लगानीकर्तामा उत्साह

बुधबार नेप्सेमा दोहोरो अंकको छलाङ: ३६ अंकले बढ्दा कारोबार १४ अर्ब नाघ्यो, लगानीकर्तामा उत्साह तरुण खबर ३२ असार २०८२, बुधबार १५:१०
बुधबार नेप्सेमा दोहोरो अंकको छलाङ: ३६ अंकले बढ्दा कारोबार १४ अर्ब नाघ्यो, लगानीकर्तामा उत्साह

काठमाडाैं, ३२ असार । साताको कारोबारको चौथो दिन बुधबार पनि नेपाली सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। सेयर बजार मापक नेप्से परिसूचक आज ३६.६२ अंकले बढेर लगानीकर्ताहरूमा उत्साह थपेको छ।

आज नेप्से परिसूचक १.३२ प्रतिशतले बढेर २७९६.८० बिन्दुमा उक्लिएको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। आज ३२२ कम्पनीका ३ करोड ६२ लाख ७८ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यसअघि हिजो मंगलबार ३१७ कम्पनीका २ करोड ३५ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८ करोड ४५ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो।