अनलाइनको पूर्वाग्रहपूर्ण अभिव्यक्ति, स्वछन्द स्वतन्त्रता

अनलाइनको पूर्वाग्रहपूर्ण अभिव्यक्ति, स्वछन्द स्वतन्त्रता तरुण खबर २९ जेष्ठ २०७८, शनिबार ११:४५
अनलाइनको पूर्वाग्रहपूर्ण अभिव्यक्ति, स्वछन्द स्वतन्त्रता

काभ्रेका गणेश लामा बिहीबार पोखरामा पक्राउ परे । गणेश लामाको पक्राउले दुई वटा सन्देश दिएको छ । एउटा राजनीतिक उदेस्यका लागि पोखरा गएका थिए भने अर्को उनको पुरानो पृष्ठभूमिलाई झकझक्याएर राजनीतिक रुपमा सधै ठेस लगाउने केही अनलाइनको मिसन रहेको देखिन्छ । के अनलाइनको मिसन सही हो त ? यस विषयमा चर्चा गर्नु सान्दर्भिक लागेर तरुणले घटना विश्लेषण गरेको छ । परिवर्तित राजनीतिक व्यक्ति गणेश लामासँग भेट्दा कुनै फरक पर्दै भन्ने कुरामा हामी अफैं सचेत नै भएका छौं ।

प्रशंग गणेश लामा प्रक्राउ प्रकरणकै । गणेश लामा पक्रउ परे लगत्तै काभ्रे जिल्लाका नेपाली काँग्रेसका सभापति मधु आचार्यले एक विज्ञप्तमार्फत  उनको स–सम्मान रिहाईका लागि सरकारसँग माग गरेका थिए । उनी गण्डकी प्रदेश सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका थिए । केही अनलाइनहरुले गुण्डा नाइके गणेश लामा भनी लेखे । राजनीतिक उद्देश्यका लागि पोखरा पुगेका लामालाई सोधपुछका लागि भनिए पनि प्रहरीले पक्राउ गर्नुमा राजनीतिक कारण नै रहेको सजिलै बुृझ्न  सकिन्छ ।

सत्ताको विपक्षमा पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा गएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरी त्यसको भोली पल्ट अर्थात शुक्रबार तीन हजार रुपैयाँ लिएर मात्र प्रहरीले छाडेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले छाडेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २७ मत मात्र पाएका थिए भने प्रतिपक्षी दलहरुको गठबन्धनले ३० मत पाएको छ । दुई मत तठस्थ बस्दा पनि नेपाली काँग्रेस दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली) मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

उनले हिजो शुक्रबार ३१ जनाको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका छन् । यसअघि पक्राउ परेका गणेश लामालाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिएका थिए । मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए, उनी मतदानमा सहभागी भएनन् । उनको मतले विपक्षीको सरकार बन्ने पक्काजस्तै भएको छ । गणेश लामा नेपाली काँग्रेसबाट काभ्रे क्षेत्र नम्बर १ को ख बाट प्रदेश सांसदमा चुनाव लडेका व्यक्ति हुन् ।

एमाले र माओवादी केन्द्रका संयुक्त प्रदेश सदस्यका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टीका चन्द्र लामाले २४ हजार ४ सय ४७ मत प्राप्त गरेका थिए भने गणेश लामाले २० हजार २ सय ७० मत पाएका थिए, गणेश लामा २० हजार २७० मतदाताबाट जनअनुमोदन भएका नेता हुन् । उनी जिल्ला स्तरका नेता हुन्, गणेश लामा नेपाली काँग्रेस पार्टीको महासमिति सदश्य पनि हुन् ।

एमाले र माओवादी केन्द्रका संयुक्त उम्मेदवार बनेका नेपाल कम्युनिष्ट पार्टीका चन्द्र लामाले २४ हजार ४ सय ४७ मत प्राप्त गरेका थिए भने गणेश लामाले २० हजार २ सय ७० मत पाएका थिए, गणेश लामा २० हजार २७० मतबाट जनअनुमोदन भएका नेता हुन् । उनी जिल्ला स्तरका नेता हुन्, गणेश लामा नेपाली काँग्रेस पार्टीका महासमिति सदश्य पनि हुन् । गुण्डाको पुरानो छवि कोट्याएर वा ल्याएर कतिञ्जेल उनलाई ठुगी रहने ? परिवर्तित हुने मौका नै नदिने त ? नसुध्रिएको भए कालिदास महाकवि बन्न सक्थेनन् भन्ने कुरा केही प्रसिद्ध अनलाइनहरुले पनि ख्याल गर्न सकेका छैनन् भन्ने कुराले मलाई झस्क्याएको छ ।

संस्कृत साहित्यका महाकवि कालिदास र उनको चरित्रका सन्दर्भ कोट्याउनुभन्दा अघि गणेश लामा विगत पृष्ठभूमि र परिवर्तित राजनीतिक पृष्ठभूमिका बारे सामान्य चर्चा गर्नेछु । भारत स्वतन्त्रताका अगुवा बनेका महात्मा गान्धीले भनेझै आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ यति मात्र संझिए पुग्छ कि ? धन कमाउने उद्देश्यले गुण्डागर्दीमा संलग्न भएका गणेश लामा अनेक हण्डर, ठक्कर खादै परिवर्तित भएका छन् । एउटा प्रजातान्त्रिक छवि बनाएको नेपाली काँग्रेस उनको आफ्नै  पार्टी बनेको छ ।

पाँच वर्षअघि नै पार्टी सदस्यता लिएका उनी काभ्रेका नेता हुन्, सामाजिक अभियान्ताका रुपमा उनी रुपान्तरित भएका छन् । मिडियाको उदेश्य मान्छेलाई परिवर्तन गरिरहनु पनि होइन र ? करीब २ करोड ९६ लाख जनसंख्या भएको नेपालमा सत्र हजारभन्दा बढी जनताको हत्या गर्ने माओवादी संस्थागत रुपमै गुण्डा हो । जीउदै मान्छेले भरिएको बस जलाउने माओवादीलाई कसरी माफी दिन सकिएला र ? साँझको खाना खाँदै गरेको व्यक्तिलाई उठाएर जंगलमा लगि मान्छेको घाटी रेटीरेटी मार्ने माओवादीलाई छुट दिन सकिएला र ? तर २०६२–६३ को आन्दोलनपछि कारवाही नगर्ने सर्तमा शान्ति सम्झौता गरियो, सायद उनीहरुलाई माफी दिइयो ।

माओ नेतृत्वमा उनकी कान्छी श्रीमती चियाङ चिङको हालिमुहालीमा सन् १९६६ देखि १९७६ सम्म भएको चीनको सांस्कृतिक क्रान्तिमा एक करोडभन्दा बढीको हत्या भएको थियो । सन् १९६८ मा चीन गृहयुद्धको अबस्था सिर्जना भएपछि माओले चलाखीपूर्ण ढंगले नियन्त्रण लिएका थिए । १९७६ सेप्टेम्बर ९ मा माओको मृत्यु भयो । त्यही महीनाको सेप्टेम्बरमै चियाङ चिङसहित ग्याङ अफ फोरलाई पार्टीका कार्यालयबाटै चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले गिरफ्तार  गरेको इतिहासमा सुरक्षित छ ।

त्यसैले केपी शर्मा ओली आफैले आफूलाई  असुरक्षित ठानिराख्नु भएको छ, आफू  असुक्षित ठान्ने व्यक्तिले नै अरुलाई झम्टन्छ । उनले केही दिनको लागि मात्र हालीमुहाली चाहेका हुन् त ? इतिहासप्रति उनलाई कुनै वास्ता–व्यस्ता छैन त ? उदाहरणका रुपमा कलियुगका मूर्खताको धरोहरको रूपमा रहेका आदर्श व्यक्ति हुन्, महाकवि कालिदास, संस्कृत साहित्यका भास्कर कालिदास जसरी महाकवि बने त्यो एउटा प्रचण्ड पुरुषार्थ र दृढ संकल्पको प्रतिफल थियो । के त्यो काम गणेश लामाबाट हुनै सक्दैन ?