बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि: सुन ३ सयले बढ्यो, चाँदी पनि उकालो लाग्यो

बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि: सुन ३ सयले बढ्यो, चाँदी पनि उकालो लाग्यो तरुण खबर १ श्रावण २०८२, बिहीबार १२:०२
बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि: सुन ३ सयले बढ्यो, चाँदी पनि उकालो लाग्यो

काठमाडाैं, १ साउन । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढी हो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला २ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार २ हजार २ सय ६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो।