कांग्रेस–एमालेको सरकारले सुरुमा शुभ संकेत दिएपनि अहिले बारालियो : गगन थापा

कांग्रेस–एमालेको सरकारले सुरुमा शुभ संकेत दिएपनि अहिले बारालियो : गगन थापा तरुण खबर २ श्रावण २०८२, शुक्रबार ०३:२१
कांग्रेस–एमालेको सरकारले सुरुमा शुभ संकेत दिएपनि अहिले बारालियो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाएपनि अहिले बरालिएको टिप्पणी गरेका छन्।

उनले भने दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो । बेला बेला प्रधानमन्त्रीले के भनेको सुन्छु भने अब एक वर्ष म हुन्छु । एकवर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु । त्यो हिसाबकिताबको बारेमा अहिले कुरा नगरौं। सरकार भनेको दिन गनेर बस्ने हो र रु अब हामी ३६५ दिनबाट घट्यो अब ३६४, ३६३ दिन भयो हाम्रो पालो आयो भन्दै बस्ने हो ?

प्रधानमन्त्रीलाई लक्षित गरी उनले यस्तो धारणा प्रस्तुत गरेका छन् ।