तरुण खबर
३ श्रावण २०८२, शनिबार १९:४५
नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको उन्नाइसौं स्थापना दिबसको अवसर पारेर नेपालमै पहिलोपटक फेल्ट बस्तुको उत्पादन शुरुवात गर्ने मीरा भट्टराईलाई सम्मान पत्र प्रदान गरिएको छ । सम्मानपत्र प्रदान नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यले गर्नुभएको थियो ।
मीरा भट्टराईले हस्तकलाका सामानहरू निर्माण तथा निर्यात गर्दै महिला दिदीबहिनीहरुलाई सिप तालिम र उत्प्रेरणा दिने पात्र बन्नुभएको जनाउँदै नेपाल उनी फेल्टका अध्यक्ष नारेशलाल श्रेष्ठले बधाई ज्ञापन गर्नुभएको छ ।
यसैगरी अध्यक्ष श्रेष्ठले करिब ६ अर्ब भन्दा माथि उनी तथा फेल्टका सामानहरू निर्यात गर्न सफल फेल्ट उद्यमी को संघ बाट तीन जना लाई केही दिन अघि मात्र नेपाल सरकारबाट विशेष व्यवसायिक व्यक्ति (CIP) सम्मान प्राप्त गर्नु अर्को गौरबको कुरा भएको बताउनुभएको छ ।


