“नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट२०२४” अवार्ड आइएमई लाइफलाई

“नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट२०२४” अवार्ड आइएमई लाइफलाई तरुण खबर ४ श्रावण २०८२, आईतवार ००:४६
“नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट२०२४” अवार्ड आइएमई लाइफलाई

आईएमई लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यान द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट२०२४” अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड आइएमई लाईफका सिइओ लाई प्रदान गरिएको हो । यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको कम्पनीले जनाएको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।