तरुण खबर
४ श्रावण २०८२, आईतवार ००:५९
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेको थियो । पदभार ग्रहण अघि अध्यक्ष देव कुमार ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ढकालसंग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गर्नुभएका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन ।
नवनियुक्त अध्यक्ष ढकाललाई संचालक समिति सदस्यहरु ,बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कर्मचारीहरुले स्वागत गरेका थिए ।


