तरुण खबर
५ श्रावण २०८२, सोमबार १४:१८
काठमाडाैं, ५ साउन । सेयर बजारका चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई आज टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पीडितहरूबाट प्रहरीको टोल फ्री नम्बर १०० मा अग्रवालविरुद्ध ठगीको उजुरी आएपछि उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ। अग्रवालमाथि करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
अग्रवालले सेयर कारोबारको माध्यमबाट लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनको ठगीसम्बन्धी विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो। सोही अनुसन्धानको आधारमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो। यस घटनाले सेयर बजारमा लगानीकर्ताको सुरक्षा र पारदर्शिताको विषयमा थप चासो बढाएको छ।


