सेयर बजारमा दोहोरो अंकको उछाल: नेप्से २९०० विन्दु पार, कारोबार रकम घट्यो

सेयर बजारमा दोहोरो अंकको उछाल: नेप्से २९०० विन्दु पार, कारोबार रकम घट्यो तरुण खबर ५ श्रावण २०८२, सोमबार १५:१९
सेयर बजारमा दोहोरो अंकको उछाल: नेप्से २९०० विन्दु पार, कारोबार रकम घट्यो

काठमाडाैं, ५ साउन । आइतबार सामान्य वृद्धि भएको सेयर बजारले सोमबार दोहोरो अंकको छलाङ मारेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ३१.७८ अंकले बढेर २९०२.७९ बिन्दुमा रोकिएको छ। यसले लगानीकर्तामा केही उत्साह थपेको देखिएको छ।

नेप्सेमा उछाल आए पनि आज भने कारोबार रकममा गिरावट आएको छ। आज ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ। हिजो आइतबार ३१६ वटा कम्पनीका ५ करोड १६ लाख कित्ता सेयर २१ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको थियो, जसको तुलनामा आज कारोबार रकम करिब ५ अर्बले घटेको छ।

आज बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार समूहको सेयर बढेको छ। विशेष गरी माइक्रोफाइनान्स समूहको २.८२ प्रतिशत र अन्य समूहको २.१९ प्रतिशतले उकालो लागेका छन्। यसले बजारमा सकारात्मक सेन्टिमेन्ट अझै कायम रहेको संकेत गर्छ।