तरुण खबर
६ श्रावण २०८२, मंगलवार ०३:१०
मेटलाइफ नेपालले नेपाली क्रिकेटका दुई कप्तानसँग सहकार्य गरेको छ । कम्पनीले जीवन बिमा र क्रिकेटजस्ता दुई क्षेत्रलाई एकताबद्ध गर्दै राष्ट्रिय पुरुष र महिला क्रिकेट टोलीका कप्तानहरू रोहित पौडेल र इन्दु बर्मासँग सहकार्य गरेको हो । यसको उद्देश्य बिमालाई सुरक्षा र वित्तीय योजना बनाउने उपकरणका रूपमा प्रवद्र्धन गर्नु रहेको बताइएको छ । यो साझेदारीलाई साझा मूल्य, सहनशीलता, तयारी र भविष्यप्रति चिन्ताको कथाका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।


