तरुण खबर
६ श्रावण २०८२, मंगलवार ०३:१३
एनआइसी एसिया बैंकले सोमबारदेखि स्थापनाको २८ वर्ष पूरा गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने यात्रामा समर्पित बैंकले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै छ ।
यस यात्रामा ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न योगदान दिने ग्राहक, नियामक निकाय, सेयरधनीलगायतमा बैंकले आभार प्रकटसमेत गरेको छ । आभा, बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै ग्राहकको पहिलो रोजाइ बन्ने प्रतिबद्धतासमेत जनाएको छ ।
तस्बिर : हिमालयन टाइम्स अग्रेजी


