सुनको भाउमा लगातार वृद्धि: चार दिनमै ५ हजार रुपैयाँले महँगियो, चाँदी पनि चम्किँदै

सुनको भाउमा लगातार वृद्धि: चार दिनमै ५ हजार रुपैयाँले महँगियो, चाँदी पनि चम्किँदै तरुण खबर ६ श्रावण २०८२, मंगलवार ११:००
सुनको भाउमा लगातार वृद्धि: चार दिनमै ५ हजार रुपैयाँले महँगियो, चाँदी पनि चम्किँदै

काठमाडाैं, ६ साउन । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य लगातार चार दिनदेखि उकालो लागिरहेको छ ।

आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । पाल्पा सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसरी विगत चार दिनमा सुनको मूल्य प्रतितोलामा कुल ५ हजार रुपैयाँले बढेको देखिन्छ ।

सुनसँगै चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भई २ हजार ३ सय २० रुपैयाँ पुगेको छ ।