तरुण खबर
६ श्रावण २०८२, मंगलवार १३:३१
काठमाडाैं, ६ साउन । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् । बैंकको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गौतम सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । उनको नियुक्तिसँगै बैंकको सञ्चालक समितिले पूर्णता पाएको छ । नयाँ सञ्चालकको आगमनले बैंकको समग्र व्यवस्थापन र रणनीतिक योजनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


