तरुण खबर
७ श्रावण २०८२, बुधबार ११:२०
काठमाडाैं, ७ साउन । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ उचाई कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर प्रति तोला १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ। यो एकैदिनमा भएको सर्वाधिक वृद्धि मध्ये एक हो।
मंगलबार प्रति तोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज नाटकीय रुपमा वृद्धि देखिएको हो। गत केही दिनदेखि नै सुनको भाउ निरन्तर बढिरहेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रति तोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रति तोला २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।


