झापा इनर्जीले आईपीओ निष्काशन गर्दै बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

झापा इनर्जीले आईपीओ निष्काशन गर्दै बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल तरुण खबर ७ श्रावण २०८२, बुधबार १२:०४
झापा इनर्जीले आईपीओ निष्काशन गर्दै बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित झापा जिल्लाको शिवसक्षाती नगरपालिका वडा नम्बर ४ का स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीयलाई ३ लाख ८० हजार १ सय ९० कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा साउन २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।