तरुण खबर
७ श्रावण २०८२, बुधबार १२:१४
काठमाडाैं, ७ साउन । नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले अर्थसंसारसँगको कुराकानीमा सोमबार नै राजीनामा बुझाएको र त्यसको कारण व्यक्तिगत रहेको स्पष्ट पारेकी छिन्।
पोखरेलको नियुक्ति सुरुदेखि नै विवादास्पद रहँदै आएको थियो। बीमा नियमावलीको प्रावधानविपरीत राजनीतिक पहुँचको भरमा उनको नियुक्ति भएको भन्दै चौतर्फी आलोचना भएको थियो।
अर्थमन्त्रीको निर्णयअनुसार पोखरेललाई गत चैत १ गतेदेखि चार वर्षको कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गरिएको थियो। तर, नियुक्ति भएको जम्मा पाँच महिनामै उनले पदत्याग गरेकी हुन्।


