भरतपुर महानगरकी मेयरद्वारा प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार

भरतपुर महानगरकी मेयरद्वारा प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार तरुण खबर १७ माघ २०७७, शनिबार १७:००
भरतपुर महानगरकी मेयरद्वारा प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार

मैले रकम पठाउने, केटाकेटीले शिलान्याश गर्ने ?  : प्रधानमन्त्री ओली

चितवन । नेकपाभित्रको द्वन्द्व यति चर्किएको छ कि एकता हुने वा पुष्पकमल दाहाल र केपी शर्मा ओली मिल्ने सम्भावना छैन भन्ने अबस्था सिर्जना भएको छ । हिजो शनिबार चितवनको भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजिक निर्माण गर्न लागिएको सिटीहलको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दा दाहालकी छोरी एवं भरतपुर महानगरकी मेयर रेणु दाहालले उक्त कार्यक्रममा आफू उपस्थित नहुनुले स्पष्ट सन्देश दिएको छ । मेयर हुनु अगाडि रेणुका नाम भरतपुरकै नागरिकले पनि सुनेका छैनन् ।

आफ्नै महानगरमा बनेको सिटीहल शिलान्यास गर्ने प्रधानमन्त्रीको कार्यक्रम मेयर रेणु दाहालले बहिस्कार गरेकी छन् । मेयर दाहालले महानगरसँग समन्वय नगरी हलको शिलान्यास गरिएकाले आफू उपस्थित नभएको बहाना बनाएकी छन् । सिटी हल बनाउने विषयमा लामो समयदेखि चलिरहेको विवाद टुंगिएपछि प्रधामन्त्री ओलीले सिटीहल शिलान्याश गरेका हुन् । आगामी बैशाखमा मध्यावधि चुनाव हुँदैन भनेर गरिएको प्रचार सत्य नभएको समेत प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भरतपुर गोन्द्राङ नारायणगढ सडक ६ लेन विस्तारको पनि शिलान्यास गरेका हुन् । उनले गरेको विरोधतर्फ संकेत गर्दै ओलीले भने ‘एक अर्ब २० करोड रकम हामीले पठाउने, अनि केटाकेटीले शिलान्यास गर्ने ?’

शिलान्यास कार्यक्रममा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री प्रभु साह र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कार्यक्रममा सहभागी थिए । सिटीहलमा अडिटोरियम ब्लकमा दुई हजार मान्छे अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाममा ल्याइएको थियो । जग्गामा सिटीहल निर्माण थालिएको र त्यसको व्यवस्थापन निर्माणपछि भरतपुर महानगरले गर्ने छ । चार बिघा चार कट्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो । शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३ सय जनाको क्षमताको कन्फरेन्स हल, विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष, दुईवटा भ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष हलमा रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।