सेयर बजारमा अब ‘पैसा भए मात्रै’ कारोबार

सेयर बजारमा अब ‘पैसा भए मात्रै’ कारोबार तरुण खबर ७ श्रावण २०८२, बुधबार १५:१५
सेयर बजारमा अब ‘पैसा भए मात्रै’ कारोबार

काठमाडाैं, ७ साउन । अब सेयर बजारमा लगानीकर्ताहरूले पर्याप्त रकम भए मात्रै सेयर खरिद गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमअन्तर्गत ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा बैंक खाता लिङ्क गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ।

मङ्गलबार सार्वजनिक गरिएको बोर्डको नीतिअनुसार, दोस्रो बजारबाट सेयर खरिद गर्दा लगानीकर्ताको खातामा पर्याप्त रकम भए मात्र खरिद आदेश कार्यान्वयन हुनेछ। यो व्यवस्थाले अहिले सेयर बजारमा प्रचलित ‘उधारोमा कारोबार’ गर्ने अभ्यासमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

नयाँ प्रणाली लागू भएपछि लगानीकर्ताले कुनै पनि कारोबार गर्नुअघि नै आफ्नो बैंक खातामा आवश्यक रकम सुनिश्चित गर्नुपर्नेछ। बोर्डले यो नयाँ प्रावधान सेयर बजारमा पारदर्शिता, जवाफदेहिता र जोखिम नियन्त्रण कायम गर्नका लागि ल्याइएको जनाएको छ।