नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुनमा २४०० रुपैयाँको गिरावट

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुनमा २४०० रुपैयाँको गिरावट तरुण खबर ८ श्रावण २०८२, बिहीबार ११:४३
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुनमा २४०० रुपैयाँको गिरावट

काठमाडाैं, ८ साउन । नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार, सुनको मूल्य एकै दिन २४०० रुपैयाँले घटेको हो।

हिजो एक तोलामा २१०० रुपैयाँको वृद्धि हुँदै १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ९५ हजार २०० रुपैयाँमा निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर २ हजार ३३५ रुपैयाँ प्रतितोला रहेको छ।