तरुण खबर
९ श्रावण २०८२, शुक्रबार ११:०६
काठमाडाैं, ९ साउन । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार एकैदिन तोलामा रु २४०० ले घटेको सुनको मूल्य आज थप रु ५०० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला रु १ लाख ९४ हजार ७०० निर्धारण भएको छ। बिहीबार छापावाल सुन प्रति तोला रु १ लाख ९५ हजार २०० मा कारोबार भएको थियो।
यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। बिहीबार प्रति तोला रु २ हजार ३३५ मा कारोबार भएको चाँदीको मूल्य आज रु २ हजार ३४० तोकिएको छ, जुन तोलामा रु ५ को वृद्धि हो।


