नेपाल राष्ट्र बैंकद्वारा नयाँ रु. ५० नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकद्वारा नयाँ रु. ५० नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान तरुण खबर ९ श्रावण २०८२, शुक्रबार ११:१२
नेपाल राष्ट्र बैंकद्वारा नयाँ रु. ५० नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडाैं, ९ साउन । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनका रु. ५० दरका नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कुल ८४ लाख थान नोट छपाइका लागि करिब ४२ करोड रुपैयाँ बराबरको अनुमानित लागत तय गरिएको छ।

नयाँ नोटको डिजाइन, छपाई र ढुवानी सम्बन्धी सम्पूर्ण कार्यका लागि इच्छुक कम्पनीहरूले गोप्य बोलपत्र पेस गर्न सक्नेछन्। कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ सम्ममा बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र दस्तुरबापत रु. २० हजार नेपाली रुपैयाँ वा सो बराबरको ४१४६ अमेरिकी डलर, १२६ युरो, वा १०९ पाउन्ड स्टेर्लिङ तिर्नुपर्ने व्यवस्था गरिएको छ।