एमालेको साधारण सदस्यता खारेज भएपछि पूर्वराष्ट्रपति भण्डारी आज सार्वजनिक हुँदै

एमालेको साधारण सदस्यता खारेज भएपछि पूर्वराष्ट्रपति भण्डारी आज सार्वजनिक हुँदै तरुण खबर ९ श्रावण २०८२, शुक्रबार ११:५५
एमालेको साधारण सदस्यता खारेज भएपछि पूर्वराष्ट्रपति भण्डारी आज सार्वजनिक हुँदै

काठमाडाैं, ९ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको साधारण सदस्यता समेत नवीकरण गर्न नदिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज औपचारिक वक्तव्य दिने भएकी छिन्।

भण्डारीले आज दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछिन्। यस पत्रकार सम्मेलनमा उनले एमालेको हालैको निर्णयबारे सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

स्मरण रहोस्, एमाले केन्द्रीय कमिटीको श्रावण ४ गतेदेखि सुरु भएको तीनदिने बैठकले भण्डारीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको थियो। यस निर्णयले उनलाई एमालेको राजनीतिमा पुनरागमन गर्नबाट प्रभावकारी रूपमा रोकेको छ। केही दिन ‘पर्ख र हेर’को नीति अपनाएकी भण्डारीले आजको पत्रकार सम्मेलनमार्फत पार्टीको निर्णयप्रति आफ्नो मौनता तोड्ने अनुमान गरिएको छ।