इरानको जेलबाट ५ नेपाली नागरिक रिहा, सरकारद्वारा स्वदेश फिर्ता

इरानको जेलबाट ५ नेपाली नागरिक रिहा, सरकारद्वारा स्वदेश फिर्ता तरुण खबर ९ श्रावण २०८२, शुक्रबार १३:३५
इरानको जेलबाट ५ नेपाली नागरिक रिहा, सरकारद्वारा स्वदेश फिर्ता

काठमाडाैं, ९ साउन । नेपाल सरकारले इरानको जेलबाट हालै रिहा भएका पाँच जना नेपाली नागरिकलाई स्वदेश फर्काएको छ। परराष्ट्र मन्त्रालयका अनुसार, इरानी अदालतले उनीहरूको रिहाइको आदेश दिएपछि बिहीबार उनीहरूलाई काठमाडौं ल्याइएको हो।

तेहरानस्थित नेपालका अवैतनिक महावाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को सहयोगमा उनीहरूको स्वदेश फिर्ती सम्भव भएको मन्त्रालयले जनाएको छ। यद्यपि, मन्त्रालयले रिहा गरिएका व्यक्तिहरूको परिचय भने खुलाएको छैन।

यसअघि, इजरायल र इरानबीचको द्वन्द्वका क्रममा पनि तीन फरक चरणमा कुल नौ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको मन्त्रालयले जानकारी दिएको छ।