एएनएफए यू-१६ लिग: आर्मीको सनसनीपूर्ण पुनरागमन, शतदोबाटोलाई ३-१ ले हरायो

एएनएफए यू-१६ लिग: आर्मीको सनसनीपूर्ण पुनरागमन, शतदोबाटोलाई ३-१ ले हरायो तरुण खबर ९ श्रावण २०८२, शुक्रबार १५:४७
एएनएफए यू-१६ लिग: आर्मीको सनसनीपूर्ण पुनरागमन, शतदोबाटोलाई ३-१ ले हरायो

काठमाडाैं, ९ साउन । सातदोबाटोस्थित एएनएफए कम्प्लेक्समा आज भएको एएनएफए यू-१६ युथ लिगको खेलमा त्रिभुवन आर्मी क्लबले सतदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सनसनीपूर्ण पुनरागमन गरेको छ।

खेलको नवौं मिनेटमै मुक्सोन राईको गोलमार्फत सतदोबाटोले अग्रता लिएको थियो। तर, आर्मीले त्यसपछि नीरज अधिकारी, युजल भण्डारी र सोहित वाइबाको गोलको मद्दतले खेल आफ्नो पक्षमा पारेको थियो। यो जितसँगै आर्मीले ८ खेलबाट ६ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ।