तरुण खबर
१० श्रावण २०८२, शनिबार १५:५५
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा सार्वजनिक रूपमा उभिएका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई संघले एक वर्षका लागि निलम्बन गरेको छ।
साउन ९ गते बसेको पदाधिकारी बैठकले उनलाई संगठनका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको महासचिव रमेश चौलागाईले जानकारी दिएका छन्। देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा सुरज खरेलले केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीरसहित सामाजिक सञ्जालमा ‘मार्गप्रशस्त गर्नुहोस्’ भन्दै पार्टी नेतृत्व परिवर्तनका लागि सार्वजनिक अपिल गरेका थिए।
यसै घटनालाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा रहेको अभिव्यक्तिको रूपमा हेरिएको थियो।


