विद्युत् प्राधिकरणद्वारा सार्वजनिक भयो चितवनमा ६ घण्टा लोडसेडिङ तालिका

विद्युत् प्राधिकरणद्वारा सार्वजनिक भयो चितवनमा ६ घण्टा लोडसेडिङ तालिका तरुण खबर ११ श्रावण २०८२, आईतवार ००:११
विद्युत् प्राधिकरणद्वारा सार्वजनिक भयो चितवनमा ६ घण्टा लोडसेडिङ तालिका

नेपाल विद्युत् प्राधिकरणले चितवनमा ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेको भन्दै लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणापश्चात अहिले सार्वजनिक गरेको तालिका पहिलो हो । बीचबीचमा लामो समय विद्युत अबरुद्ध भएपनि लोडसेडिङ नभएको प्राधिकरणले जिकिर गर्दै आइरहेको थियो । तर तालिका लामो समयलाई भने नभएको जानकारी प्राप्त भएको छ ।