तरुण खबर
११ श्रावण २०८२, आईतवार ११:३०
काठमाडाैं, ११ साउन ।नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदी दुवै सस्तिएका हुन्।
महासंघका अनुसार, शुक्रबार प्रति तोला १ लाख ९४ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रति तोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५० रुपैयाँले घटेर २ हजार २ सय ९० रुपैयाँ प्रति तोलामा खरिदबिक्री भएको छ।


