नेप्से बढ्दा कारोबार रकममा तीव्र गिरावट

नेप्से बढ्दा कारोबार रकममा तीव्र गिरावट तरुण खबर १२ श्रावण २०८२, सोमबार १५:२२
नेप्से बढ्दा कारोबार रकममा तीव्र गिरावट

काठमाडाैं, १२ साउन । साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले उकालो लाग्दा पनि कारोबार रकम भने ह्वात्तै घटेको देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, आज बजार मापक नेप्से परिसूचक ५.३० अंकले वृद्धि भई २९६९.५० बिन्दुमा पुगेको हो। हिजो आइतबार नेप्से १८.५२ अंकले बढेको थियो।

आज कारोबारमा भने उल्लेख्य गिरावट आएको छ। ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँ मा सीमित रह्यो। यो हिजोको २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबारको तुलनामा ७ अर्बभन्दा बढीको गिरावट हो।

सूचकगत रुपमा आज विकास बैंक समूह ३.२८ प्रतिशत, व्यापार २.९५ प्रतिशत, फाइनान्स २.८३ प्रतिशत, उत्पादन तथा प्रशोधन २.१९ प्रतिशत र बैंकिङ समूह ०.२० प्रतिशतले वृद्धि गरेका छन्। त्यस्तै होटल तथा पर्यटन समूह पनि ०.२४ प्रतिशतले हरियाली देखिएको छ।