बागमतीमा कांग्रेसभित्र कलह: मन्त्री खड्काद्वारा राजीनामा, अविश्वासको प्रस्तावमा हस्ताक्षर

बागमतीमा कांग्रेसभित्र कलह: मन्त्री खड्काद्वारा राजीनामा, अविश्वासको प्रस्तावमा हस्ताक्षर तरुण खबर १३ श्रावण २०८२, मंगलवार ११:४८
बागमतीमा कांग्रेसभित्र कलह: मन्त्री खड्काद्वारा राजीनामा, अविश्वासको प्रस्तावमा हस्ताक्षर

काठमाडाैं, १३ साउन । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किएसँगै खानेपानी, ऊर्जा तथा सिचाइँमन्त्री श्यामकुमार खड्काले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् ।

मन्त्री खड्काले कांग्रेस संसदीय दलको कार्यालयमै पुगेर मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएलगत्तै उनले मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।

योसँगै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने कांग्रेस सांसदको संख्या २२ पुगेको छ । यसअघि साउन ९ गते कांग्रेसका चारजना मन्त्रीले पनि पदबाट राजीनामा दिँदै सो प्रस्तावमा समर्थन जनाएका थिए । यस घटनाले बागमती प्रदेश सरकारमा थप राजनीतिक अस्थिरता ल्याउने संकेत देखिएको छ ।