तरुण खबर
१३ श्रावण २०८२, मंगलवार १२:२३
काठमाडाैं, १३ साउन । सागर डिस्टिलरी लिमिटेडले अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। बोर्डले गत साउन १२ गते सोमबार नै कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।
सागर डिस्टिलरीले १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यस आईपीओले नेपाली धितोपत्र बजारमा लगानीका लागि अर्को अवसर सिर्जना गर्नेछ।


