तरुण खबर
१३ श्रावण २०८२, मंगलवार १३:१४
काठमाडाैं, १३ साउन । काठमाडौं महानगरपालिकाले पार्किङ व्यवस्थापन कडाइ गर्दै नयाँ शुल्क दर र जरिवाना प्रणाली लागू गरेको छ। आर्थिक ऐन, २०८२ अनुसार साउन १ गतेदेखि लागु भएको नयाँ व्यवस्थाले तोकिएको स्थान बाहिर पार्किङ गरेमा ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ।
पार्किङ शुल्क कस्तो?
महानगरले आफैं सञ्चालन गर्ने पार्किङ स्थलहरूमा पहिलो दुई घण्टा निःशुल्क सुविधा दिने भएको छ। तर दुई घण्टा नाघेपछि पहिलो क्षणदेखि नै शुल्क लाग्ने व्यवस्था गरिएको छ।
निजी क्षेत्र वा अन्य निकायसँगको सहकार्यमा सञ्चालित पार्किङ स्थलहरूमा भने पार्किङ शुल्क सम्झौताअनुसार लाग्नेछ।
जरिवाना कति?
तोकिएको स्थान बाहिर पार्किङ वा अनधिकृत स्थानमा गाडी राख्दा भारी जरिवाना लाग्नेछ:
अन्य कडाइ र प्रदूषणमा जरिवाना
महानगरले सवारी पार्किङका लागि मात्र प्रयोग हुने बहुतल्ले पार्किङ भवन निर्माणमा नक्सा पास दस्तुरमा ९० प्रतिशत छुट दिने योजना समेत अघि सारेको छ।


